arrow

बादल निकटका नेताहरुले भने- ओलीको कदम गैरसंवैधानिक र प्रतिगामी ‘कू’ हो

logo
प्रकाशित २०७७ पुष ६ सोमबार
badal3.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गृहमन्त्री रामबहादुर थापामाथि राजनीतिक दबाब परेको छ ।

प्रधानमन्त्री केपी ओलीको कदमको समर्थनमा देखिएका बादलमाथि उनकै समूहका नेताहरुले साथ नदिनेजस्तो संकेत देखिएपछि उनी राजनीतिक संकटमा देखिएका हुन । बादललाई उनी पक्षीय अरु नेताले संसद विघटन प्रतिगामी कदम भएकाले साथ दिन नसकिने प्रष्ट गरेका छन् ।

मन्त्रीनिवास पुल्चोकमा सोमबार आफू निकट नेतासँग गरेका छलफलमा पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेताले संसद विघटन प्रतिगामी भएकाले साथ दिन नसकिने प्रष्ट पारेका थिए । उनीहरुले ओलीको कदम गैरसंवैधानिक छ, प्रतिगामी ‘कू’ हो । यसलाई साथ दिनुहुन्न’भनेका थिए ।

माओवादीकालदेखि नै साथ दिएका नेताहरुले संसद विघटनमा समर्थन गर्न नसकिने जवाफ दिएपछि थापा ओलीले बोलाएको सांसदहरुको भेला पनि गएनन् । तर बादलको भेला सकिएसँगै उनलाई भेट्न पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्री निवास पुगेका थिए । 



लोकप्रिय समाचार
नयाँ