arrow

प्रचण्डलाई काउण्टर दिदै केपीले पनि बोलाए केन्द्रीय कमिटी बैठक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ६ सोमबार
oli-prachanda.gif.gif

काठमाडौं। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले ७ गते मंगलवार पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्। नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार सो दिन बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ। पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठक बोलाइएको रजालले जारी गरेको सूचनामा उल्लेख छ।

मंगलवार नै प्रचण्ड र माधव नेपाल पक्षले पनि केन्द्रीय समितिको वैठक बोलाएको छ। बबरमहलस्थित कार्की वैंक्वैटमा दिउँसो १ बजे वैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। आइतवार बसेको स्थायी कमिटी वैठकले मंगलवार केन्द्रीय समिति वैठक गर्ने निर्णय गरेको हो। स्थायी समिति वैठकले पार्टी हित विपरित कार्य गरेको भन्दै अध्यक्ष ओलीलाई कार्वाही गर्ने प्रस्तावलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ। सो प्रस्तावलाई मंगलवार बस्ने केन्द्रीय समितिमा निर्णयार्थ पेश हुने बताइएको छ। 

नेकपाका दुई पक्ष एक अर्का विरुद्ध रणनीतिक रुपमा उत्रिएका बेला वैठक पनि सँगै बोलाइएको छ। दुबै पक्ष केन्द्रीय समितिका सदस्यहरु बढी भन्दा बढी आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन्। पार्टी विभाजनको अवस्थामा पनि पार्टीको नाम र चुनाव चिन्ह पूर्ववत कायम गराउन पनि वहुमत केन्द्रीय सदस्यहरु हुन जरुरी छ। अहिले दुबै पक्ष यसका लागि जोडघटाउमा लागेका छन्।



लोकप्रिय समाचार
नयाँ