arrow

नेपालमा थप ७४२ जनामा कोरोना सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७७ पुष ६ सोमबार
corona-virus.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा ४४८ पुरुष र २९४ महिला गरी कूल ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ४४ हजार ७४३ पुगेको छ। हालसम्म नेपालमा सात हजार ९७६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौँमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
नयाँ