काठमाडौं। नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकले संसद विघटनका बिरुद्ध शशक्त प्रतिवाद गर्ने निणर्य गरेको छ। प्रमुख विपक्षी दल कांग्रेसको पहलमा पार्टी कार्यालय सानेपामा सोमबार बसेको नेकपाका असन्तुष्ट समुह र जसपासहितको संयुक्त बैठकले प्रधानमत्री केपी ओली सरकारको निणर्यको शशक्त प्रतिवादमा उत्रने निणर्य गरेको हो।
तीनै दलले केन्द्रीय समिति बैठकबाट थप रणनीति बनाउँने र संयुक्त रुपमा सरकारले चालेको अवैधानिक कदमको शशक्त प्रतिवाद गर्ने निणर्य गरेको बैठकपछि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए।
बैठकले संसद विघटन गर्ने सरकारको कदम संविधानमाथिको आक्रमण भएको निश्कर्ष समेत निकालेको छ। यस्तै संविधानमा प्रतिनिधि सभा विघटनको व्यवस्था नै नभएकाले सो कदम संविधान विपरित भएको समेत निश्कर्ष बैठकले निकालेको महामन्त्री कोइरालाले जानकारी दिए।
सर्वदलीय बैठकमा सहभागी तीनै दलको मंगलबार केन्द्रीय समिति बैठक छ। त्यसपछि पुनः सर्वदलीय बैठक बस्ने तीन दलको सहमती छ।