arrow

अब्राहमले गरे चेल्सीको उद्धार

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
chelsea36.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले आफूलाई सुधार गरेको छ । उपाधिको दावेदार चेल्सीले लगातार दुई खेल हारेर पछि परेको भए पनि सोमबार रातिको खेलमा वेस्टह्याम युनाइटेडलाई ३–० गोल अन्ततरले हराएर लयमा फर्केको छ । 

घरेलु मैदानमा सहज जित निकालेको चेल्सीका लागि टमी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे ।

कुनै समय शीर्ष स्थानमा रहेको चेल्सीलाई पुनः सोही स्थानमा पुग्न निरन्तर जित जरुरी छ । 
लिड्सलाई हराउँदै शीर्ष स्थानमा पुगेको चेल्सी एभर्टन र वुल्भरह्याम्पटन वान्डेरर्ससँग पराजित भएपछि झरेको थियो । 

सोमबारको अर्को खेलमा बर्नलीले वुल्भसलाई २–१ गोल अन्तरले हरायो । 

अंक तालिका

१४ खेलबाट लिभरपुल ३१ अंकसहित शीर्ष, १४ खेलबाट २७ अंकसहित लेस्टर सिटी दोस्रो, १३ खेलबाट २६ अंकसहित म्यान्चेस्टर युनाइटेड तेस्रो, १४ खेलबाट २६ अंकसहित एभर्टन चौथो, २५ अंकबाट चेल्सी पाँचौं तथा २५ अंकबाटै टोटनह्याम हट्सपर छैटौं स्थानमा छ । 



लोकप्रिय समाचार
नयाँ