arrow

बादललाई फकाउने प्रचण्डको प्रयास जारी, पुगे निवासमै भेट्न

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
oli-prachanda-badal.jpg

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई फकाउने प्रयास जारी राखेका छन् । नेकपा माओवादी केन्द्रका नेता भए पनि पछिल्लो समय बादलले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने मनस्थितिमा पुगेपछि प्रचण्डले बादललाई फकाउन मन्त्री निवास पुल्चोकमै पुगेका हुन् । 

तत्कालीन माओवादी केन्द्रबाट बादल र उद्योगमन्त्री लेखराज भट्ट प्रचण्ड–माधवकुमार नेपालको समूहको वार्तामा नगएसँगै प्रचण्डले बादललाई फकाउने प्रयास जारी राखेका छन् । 

उनले सोमबार पनि बादललाई मन्त्री निवास पुल्चोक गएरै भेटेका थिए । बादलले सोमबार प्रचण्डलाई मन मिल्नेसँग एकता गर्ने जवाफ दिएको बताइएको छ । 

पछिल्लो समय बादललाई पनि नैतिक दबाब परेको छ । ओलीले असंवैधानिक शैलीमा संसद विघटन गरेसँगै नेकपा फुट नजिक पुगिरहँदा बादललाई समेट्न प्रचण्डले प्रयास गरेका हुन् । 

नेकपा केन्द्रीय कमिटी बैठक छुट्टाछुट्टै बस्दै गर्दा प्रचण्ड–नेपाल खेमाको पल्ला भारी भए पनि गृहमन्त्रीलाई समेत प्रचण्डले समेट्न खोजेका हुन् । बादल र उपाध्यक्ष बामदेव गौतम समेट्नका लागि प्रचण्ड–नेपाल पक्ष लागिरहेको छ । 

यसअघि बादल र भट्ट बाहेक प्रचण्ड–नेपाल पक्षका ७ जना मन्त्रीले गत आइतबार ओलीले संसद विघटन गरेपछि राजीनामा दिएका थिए । 



लोकप्रिय समाचार
नयाँ