arrow

पूर्वराजा न ट्वीटर चलाउँछन् न फेसबुक, फेरि किन आइरहेछ फेक सन्देश

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले न ट्वीटर चलाउँछन् न फेसबुक नै । यसको स्पष्टिकरण यसअघि नै पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले गराइसकेका छन् । मंगलबार बिहान पनि पाठकले पूर्वराजाको ट्वीटर, फेसबुक नभएको स्पष्ट पारे । 

तर पूर्वराजाको नामबाट ट्वीटर ह्याण्डल चलिरहेको छ । @GBBShah को नामबाट पूर्वराजाको सन्देश आउन भने छाडेको छैन । यो ह्याण्डलमा एक लाख १० हजार ५१३ फलोअर्स छन् । २५ जनालाई फलो गरिएको छ । 

पछिल्लो सन्देशमा मंगलबार बिहानै ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’ भनी ट्वीट गरिएको छ । 

यो ट्वीटलाई पूर्व युवराज्ञी हिमानी शाहले पनि ट्वीट गरेकी छिन् । तर हिमानीको @HimaniShah123 यो ट्वीटर ह्याण्डल पनि कतै फेक त हैन ? या सही भएर पनि ज्ञानेन्द्र शाहको नाममा खुलेको ट्वीटरलाई किन रि–ट्वीट गरियो ? यो प्रश्नबाचक चिन्ह ? मै अडिएको छ । 



लोकप्रिय समाचार
नयाँ