arrow

सुन तीन सयले घट्दा चाँदीमा पाँच रुपैयाँ 

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
gold.jpeg

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन मंगलबारका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो । 

यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी मंगलबार भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ । 



लोकप्रिय समाचार
नयाँ