arrow

ओलीको अध्यक्षतामा नेकपा केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी, प्रचण्डको अध्यक्षतामा हुँदै 

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
oli-prachanda.gif.gif

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनको मिति घोषणा, पार्टीभित्रको विवादलगायत विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

उक्त बैठकमा ओली निकट केन्द्रीय सदस्यमात्र सहभागी रहेका छन् । यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा दिउँसो १ बजे कार्की ब्याङ्क्वेट बबरमहलमा शुरु हुँदैछ । 

केन्द्रीय कमिटी नै छुट्टाछुट्टै बस्दा नेकपा फुटेको स्पष्टै भएको छ । 

गत आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेकपा फुट नजिक पुगेको छ । ओलीले संवैधानिक परिषद अध्यादेश ल्याएर स्थायी कमिटी बैठकको निर्देशन उल्लंघन गरेपछि ओली विरुद्ध अनुशासनको कार्वाही गर्ने तयारी भइरहँदा उनले संसद नै विघटन गरेका हुन् । 

अहिले नेपालको ठूलो दल दुई चिरामा उभिएको छ । ओलीले संविधानको उल्लंघन गर्दै संविधानमा नभएको निर्णय गरेका हुन् । यसबारे सर्वोच्च अदालतमा एक दर्जन मुद्दा परेका छन् । 



लोकप्रिय समाचार
नयाँ