arrow

 गौतम र  बादल कुनै बैठकमा सहभागी नहुने, आफूनिकटसँगै छलफल गर्दै

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
badal-bamdev.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको बेग्लाबेग्लै बैठक र छलफल जारी छ ।

दुई खेमाका नेताहरुले आफ्नो पक्षमा माहोल बनाउन र बर्चश्व जमाउन केन्द्रिय नेताहरुलाई आफ्नो पोल्टामा पार्ने कसरतमा जुटेका छन् ।

तर नेकपा उपाध्यक्ष बामदेव गौतम तथा गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल कुनै पनि पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा रहेका बेला नेता गौतम र बादलले दुवै पक्षको बैठकमा सहभागी नहुने निर्णय गरेको उनीहरुको सचिवालयले जनाएको छ ।

बादल मन्त्री निवास पुल्चोक तथा गौतम आफ्नै निवास भैँसेपाटीमा आफू निकट नेताहरुसँग छलफलमा छन्



लोकप्रिय समाचार
नयाँ