काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पार्टीको केन्द्रिय समिति बैठकमा पूर्व माओवादी तर्फका नेता टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका छन ।
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अर्का अध्यक्ष केपी ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर घेराबन्दीमा पारेको भन्दै आफूले प्रचण्डको साथ छाडेको बताएको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले जानकारी दिए ।
ओलीको अध्यक्षतामा वालुवाटारमा बैठक जारी छ । बैठकको संचालन महासचिव विष्णु पौडेलले गरिरहेका छन भने स्वागत मन्तव्य रायमाझीलाई दिइएको हो ।
बैठकको पहिलो वक्ता नै रायमाझीलाई बनाइएको हो । बैठकमा नेताहरु बामदेब गौतम र रामबहादुर थापा ‘बादल’ भने गएका छैनन ।