arrow

टोपबहादुरले स्वागत मन्तव्य गरेको ओलीको बैठकमा बामदेव र बादल नजाँदा प्रतिक्षामा प्रचण्ड पक्ष

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
bamdev-badal-top.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका छन् ।

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अर्का अध्यक्ष ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर घेराबन्दीमा पारेको भन्दै आफूले प्रचण्डको साथ छाडेको बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
 
ओलीको अध्यक्षतामा बालुवाटारमा बैठक जारी छ । बैठकको संचालन महासचिव विष्णु पौडेलले गरिरहेका छन् । बैठकको पहिलो वक्ता नै रायमाझीलाई बनाइएको हो । यसलाई ओली पक्षले सफलताकै रुपमा लिएको छ । 

बैठकमा उपाध्यक्ष बामदेव गौतम र सचिावालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने गएका छैनन् ।

बामदेव र बादल नजाँदा दिउँसो १ बजे कार्की ब्याङ्क्वेट बबरमहलमा प्रचण्डको अध्यक्षतामा बस्ने केन्द्रीय कमिटी बैठकमा जान सक्ने आँकलन धेरैको छ । 

तर अस्थिर राजनीति गरिरहने बामदेव यो बैठकमा पनि नजाने आशंका छ । उनले दुवै बैठकमा आफू सहभागी नहुने सोमबार बताएका थिए । 

ओलीको बैठकमा बादल नगएपछि बादल प्रचण्डको बैठकमा आउने धेरैको आँकलन छ । यसअघि प्रचण्डले बादललाई फकाउन सोमबार र मंगलबार नै  मन्त्री निवासमा गएर भेटेका थिए । 

बादललाई फकाउने प्रचण्डको प्रयास जारी, पुगे निवासमै भेट्न

बामदेव र बादलको हालत कांग्रेस फुट्दाको रामचन्द्रको जस्तै, नेकपाकै नेताको प्रश्न – तेस्रो पार्टी खोल्ने हो ?



लोकप्रिय समाचार
नयाँ