arrow

ओली नेतृत्वको नेकपाको महाधिवेशन मंसिर २ देखि ७ सम्म, ज्ञवाली प्रवक्ता नियुक्त

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ७ मंगलबार
Pradip-gywali-news.jpeg

काठमाडौं। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको महाधिवेशन आगामी २ मंसिर देखि ७ गतेसम्म हुने तय भएको छ। केन्द्रीय समिति बैठकमार्फत ओलीले महाधिवेशनको नयाँ मितिको घोषणा गरेका छन । बैठकमार्फत ओलीले नेकपाको प्रवक्तामा प्रदिप ज्ञवालीलाई नियुक्त गरेका छन।

ज्ञवाली प्रवक्तामा नियुक्त भएसँगै संचारकर्मीहरुसँगको कुराकानीमा उनले महाधिवेशनको नयाँ मिति बारे जानकारी गराएका हुन। केन्द्रीय समिति बैठकमार्फत नै ओलीले ११ सय ९९ सदस्सीय महाधिवेशन आयोजक समिति समेत प्रस्ताव गरिएको छ। प्रवक्तामा ज्ञवाली नियुक्त भएसँगै अर्का प्रवक्ता नारायणकाजीको जिम्मेवारी खोसिएको छ। अर्कोतर्फ पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट नेताहरुको बैठक भने कार्की ब्यान्क्वेट बबरमहलमा सुरु भएको छ।

दुई पार्टी बीचको एकतापछि बनेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने दाहाल–नेपाल समूहले बोलाएको बैठकमा सहभागी भइरहेका छन।



लोकप्रिय समाचार
नयाँ