काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा बसेको आफू पक्षीय केन्द्रिय समिति बैठकमार्फत पार्टी एकता हुँदा तोकिएका प्रवक्ता नारायणकाजी श्रेष्ठको जिम्मेवारी खोसेका छन् ।
ओलीले बैठकमार्फत नेता प्रदिप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिंदै श्रेष्ठको जिम्मेवारी खोसेका हुन । बैठकमार्फत नेकपाको महाधिवेशन आगामी २ मंसिर देखि ७ गतेसम्म हुने समेत तय भएको छ ।
केन्द्रिय समिति बैठकमार्फत नै ओलीले ११ सय ९९ सदस्सीय महाधिवेशन आयोजक समिति समेत प्रस्ताव गरिसकेका छन ।
प्रवक्ताको जिम्मेवारी खोसिएका श्रेष्ठ भने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट नेताहरुको बैठकमा सहभागी भएका छन । सो समूहको बैठक भर्खरै कार्की ब्यान्क्वेट बबरमहलमा सुरु भएको छ ।