काठमाडौं । नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कलह मच्चाउने केही व्यक्तिहरु घट्दैमा पार्टी कमजोर नहुने जिकिर गरेका छन ।
आफू निकटका केन्द्रीय सदस्यलाई सम्बोधन गर्नेक्रममा उनले सुरुमा गीत सुनाएका थिए । आफैले डाकेको आफू निकटका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्ने क्रममा सुरुमै ओलीले जीवन शर्माको गीत गाएका थिए ।
उनले ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’ भन्ने गीत गुनगुनाउँदै बैठकलाई सम्बोधन गरेका हुन । आन्तरिक कलहमा फसेको नेकपा फुटको संघारमा छ । दुई अध्यक्षले छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक जारी राखेका छन् ।