arrow

प्रचण्ड–माधव समूहको बैठक : नेपाललाई अध्यक्ष प्रस्ताव, केपी ओलीलाई कारवाही गरिंदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ७ मंगलबार
nepal-prachanda.jpg

काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई कारवाही गर्दै नेपाललाई अध्यक्ष बनाउँन तयारी गरेको छ।

अहिले सो समूहका नेताहरु सहभागी केन्द्रीय समिति बैठक जारी छ। यस अघि बसेको स्थायी कमिटिले नेपाललाई अध्यक्ष बनाउँने गरी केन्द्रिय समितिमा प्रस्ताव गर्ने निर्णय गरेको थियो।

बबरमहल स्थित कार्की बैंन्क्वेटमा जारी बैठकले अध्यक्ष ओलीलाई कारवाही गर्ने र नेपाललाई अध्यक्ष बनाउँने बैठकमा सहभागी एक नेताले जानकारी दिएका हुन।



लोकप्रिय समाचार
नयाँ