काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक अवैधानिक भएको दाबी गरेका छन् ।
बबरमहलस्थित कार्की बैंक्वैटमा आफ्ना पक्षका नेताहरु सहभागी केन्द्रिय समिति बैठकमा बोल्दै दाहालले बालुवाटार बैठक अवैधानिक भएको बताएका हुन् । उनले एक तिहाइ सदस्य नपुग्नेले तीन तिहाइ सदस्य थप गरें भन्दै हल्ला गर्नु हाँस्यास्पद भएको समेत बताए । ‘एक तिहाइ पनि पुर्याउन नसक्नेले तीन तिहाइ सदस्य थपें भनेर भन्न मिल्छ ?,’ अध्यक्ष दाहालले संवोधनका क्रममा भने ।
वालुवाटार बैठकमार्फत प्रधानमन्त्री समेत रहेका केपी ओलीले ११ सय ९९ सदस्सीय महाधिवेशन आयोजक समिति बनाएपछि अर्का अध्यक्ष दाहालको सो भनाई आएको हो ।