काठमाडौं। विश्वभर नै संक्रमण फैलिइसकेको कोरोना भाइरसको संक्रमण बरफको महाद्धिप अन्टार्कटिकामा समेत फेला परेको छ। चीली अनुसन्धान केन्द्रमा रहेकामध्ये ३६ जनामा संक्रमण देखिएको हो। उनीहरुमध्ये २६ जना आर्मी हुन् भने १० जना सहयोगीहरु हुन्।
स्पेनिश भाषको एक मिडियाले अन्तार्कटिकाको जनरल बर्नाडो ओहिगिन्स राइक्ल्मे अनुसन्धान केन्द्रमा संक्रमण भएको उल्लेख गरेको छ। आर्मीहरुले समयमै संक्रमण थाहा पाएका कारण अब, रोकथाम र उपचारका लागि सहज भएको न्युजविकले जनाएको छ।
पोजेटिभ देखिएका हरुलाई अहिले चीलीको पुन्टा एरेनास शहर पठाइएको छ। उनीहरु त्यहाँ आइसोलेसनमा रहेका छन्। अन्टार्कटिकमा समेत कोरोना भाइरसको संक्रमण देखिएसँगै अहिले त्यहाँ भइरहेका अध्ययन अनुसन्धानका कामहरुमा बाधा सिर्जना भएको छ।