arrow

प्रचण्ड–माधव समूहको बैठकमा दुई तिहाई केन्द्रीय सदस्य, ३१० ले गरे हस्ताक्षर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ७ मंगलबार
nepal-dahal-central-committee.jpg

काठमाडौं। बबरमहलस्थित कार्की बैन्क्वेटमा चलिरहेको नेकपाको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकमा ३ सय १० जना केन्द्रीय सदस्य उपस्थित भएका छन्। जारी बैठकमा ४ बजेर ४५ मिनेट जाँदासम्म ३ सय १० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

कूल ४ सय ४६ केन्द्रीय सदस्य रहेको नेकपामा प्रचण्ड–माधव समूहतर्फ उपस्थिति बलियो देखिएको हो। यो कूल संख्याको दुई तिहाइ भन्दा बढी हो। 

बैठकमा नेकपा उपाध्यक्ष बामदेव गौतम र अर्का नेता रामबहादुर थापा भने सहभागी भएका छैनन। उनीहरु दुबै जना बिहान वालुवाटारमा भएको अर्को समूहको केन्द्रीय समितिमा समेत सहभागी भएका थिएनन्।



लोकप्रिय समाचार
नयाँ