arrow

'दशैं तिहार को सौगात' बम्पर लक्की ड्र विजेतालाई वेस्टर्न युनियनले दियो १० लाख

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
western-union.jpg

काठमाडौं। वेस्टर्न युनियनले पैसा पठाउने आफ्ना ग्राहकहरु मध्येवाट “दशैं तिहारको सौगात” अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ। सीजी फिन्कोबाट रकम प्राप्त गरेकी बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई आज सीजी फिन्कोका डीजीएम नर बहादुर केसीले सीजी फिन्कोको ग्राहक सेवा केन्द्र कमलादीमा १० लाख हस्तान्तरण गरेका हुन्। सो रकम प्राप्त गरेकी विजेता कल्पना शाहीले सो रकम उत्पादन मूलक क्षेत्रमा लगानी गरी जीवन भर वेस्टर्न युनियन मनि ट्रान्सफरलाई सम्झिरहने बताएकी छिन।

यो प्रबद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा अक्टुबरमा सार्वजनिक गरिएको थियो। उक्त योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार जित्ने अवसर पाएका थिए। प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु मध्ये बम्बर लक्की ड्र मा समावेश गरिएको बिज्ञप्तिमा जनाइएको छ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन–अन्नपूर्णा ट्राभल एण्ड टुर्स् प्रालि, सीजी फिन्को लि, हुलास रेमिटान्स, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिटान्स प्रालि र सूर्य रेमिट प्रालिबाट रकम प्राप्त गरेको हुनुपर्नेछ।

“म यो उपभोक्ता प्रबद्र्धनका सम्पूर्ण विजेताहरुलाई बधाई दिन चाहन्छु। म सबै ग्राहकहरुप्रति आभारी छु जसले आफुले कडा मिहेनत गरेर कमाएको पैसा आफ्ना नेपालमा रहेको परिवारसम्म पुर्याउन वेस्टन युनियनमा विश्वास राख्दछन्। यही विश्वासले हामी र हाम्रा एजेन्टहरुलाई विभिन्न ग्राहकहरुको आवश्यकतालाई अनुरुप निरन्तर सेवा प्रदान गर्न प्रत्सोहान गर्दछ, वेस्टन युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले बताए।”



लोकप्रिय समाचार
नयाँ