नेकपा विभाजन नजिक पुगेकाबेला चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्यो, पुगिन शीतलनिवास
प्रकाशित २०७७ पुष ७ मंगलबार
145
Shares
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन भइ नयाँ निर्वाचन तोकेपछि साथै नेकपा विभाजनको सम्मुखमा पुगेपछि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता फेरि बढेको छ। यान्छी मंगलबार साँझ पुन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन्।
राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले मंगलबार साँझ शीतलनिवासमा राजदुत यान्छीले राष्टपतिसँग भेट गरेको पुष्टी गरे । सो भेटघाट कोरोना महामारी नियन्त्रणसँग सम्वन्धित रहेको उनले दाबी गरेका छन ।
पछिल्लो समय नेपालमा विकसित भएको राजनीतिक घटनाक्रम र नेकपा विभाजन नजिक पुगेका बेला राजदूत भेटवार्ताका लागि शीतल निवास पुगेकी हुन्। भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यद्यपी, यान्छीले एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि समय मागेको साथै कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा कुरा गर्न खोजेको बताइएको छ। तर चिनियाँ दूताबासले नेपाल सरकारलाई सहयोग प्रदान गर्दा सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्रीमार्फत प्रक्रिया अगाडी बढाउँदै आएको थियो।