काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । सोमबार मात्र २३ हजार ८८० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड ९९ हजार ३०८ रहेको छ ।
मंगलबार कोरोनामुक्त हुनेको संख्या २७ हजार ३२ रहेको छ । मंगलबार झण्डै चार हजार अन्तरमा सक्रिय संक्रमित घटेका छन् । योसँगै सक्रिय संक्रमितको संख्यामा कमी आएर दुई लाखको आँकडामा आएको छ । हाल २ लाख ८७ हजार ४३२ जना सक्रिय संक्रमित रहेका छन् ।
मंगलबारबार थप ३२९ जनाको ज्यान गएको छ । हालसम्म १ लाख ४६ हजार ४७६ जनाको ज्यान गइसकेको छ ।
केरल भने नयाँ संक्रमित स्थल बन्दै गएको छ । त्यहाँ तीव्र गतिमा कोरोना फैलिरहेको छ । पछिल्लो एक सातामा ३८ हजार नयाँ संक्रमित भेटिएका छन् । जहाँ एक सातामा १९० जनाको ज्यान गएको छ । मंगलबार सबैभन्दा बढी ६ हजार ४९ जना संक्रमित थपिएका छन् ।
सोमबार ३ हजार ४२३ जना संक्रमित थपिएका थिए । अहिलेसम्म केरलमा ७ लाख १५ हजार ३४२ जना संक्रमित केरलमा भइसकेका छन् । अहिलेसम्म २ हजार ८७१ जनाको ज्यान गएको छ ।
केरल पाँचौं स्थानमा आइपुगेको छ ।
सबैभन्दा संक्रमित महाराष्ट्रमा भएका छन् । त्यहाँ १९ लाख २ हजार ४६८ जना संक्रमित भएका छन् । दोस्रो स्थानको कर्नाटकमा ९ लाख ११ हजार ३८२ जना, आन्ध्रप्रदेशमा ८ लाख ७९ हजार ३३९ जना र तमिलनाडुमा ८ लाख ९ हजार १४ जना संक्रमित भएका छन् ।
दिल्लीमा ६ लाख १८ हजार ७४७ तथा बिहारमा २ लाख ४८ हजार २८ जना संक्रमित भएका छन् ।