arrow

भुटानबाट केही सिक्ने कि ! मात्र ४९ सक्रिय संक्रमित भएपछि लकडाउन 

‘तिमीहरु बाँच वा मर बाँच्यौ भने बैशाखमा चुनाव छ सत्ता संचालनका लागि भोट हाल’

logo
हाम्राकुरा डेस्क, 
प्रकाशित २०७७ पुष ८ बुधबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । अहिलेसम्म मात्र ४७९ जना कोरोना भाइरसका संक्रमित रहेको दक्षिण एसियाली मुलुक भुटानले सात दिने लकडाउनको घोषणा गरेको छ । हाल ४९ जना सक्रिय संक्रमित रहेको भुटानले राष्ट्रिय लकडाउन लगाएको हो । 

मंगलबार भुटानमा १२ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भुटानमा कोरोनाबाट एक जनाको पनि ज्यान गएको छैन । ४३० जनालाई निको भइसकेको छ । कोरोना संक्रमणको पीडित राष्ट्रमा भुटान अहिले विश्वको १८७ औं स्थानमा रहेको छ । 

कोरोनाका संक्रमित पछिल्लो समय बढ्दै गएपछि भुटानले लकडाउन लगाएको हो । लकडाउन डिसेम्बर २३ (बुधबार) देखि शुरु भएको हो । प्रधानमन्त्रीको कार्यालयले मंगलबार दिएको जानकारी अनुसार यो लकडाउन राष्ट्रव्यापी रुपमा एक हप्ताको हुनेछ । 

नेपाल र भुटानको अवस्था
नेपालले गत वर्षको चैत ११ गते लकडाउन लगाउँदा भुटानमा ५ जना संक्रमित रहेका थिए । त्यतिबेला नेपालमा २ जना संक्रमित थिए । एक जनालाई निको भइसकेको थियो भने एक जनाको सामान्य अवस्थामा उपचार भइरहेको थियो । 

त्यो तथ्यांकको ९ महिनापछि नेपालमा २ लाख ५५ हजार २३६ जना संक्रमित रहेका छन् । १ हजार ७९८ जनाको ज्यान गइसकेको छ । 

दैनिक परीक्षण गराएकामध्ये १० भन्दा बढी प्रतिशतमा कोरोना पुष्टि भएको छ । 

भुटान सरकारले आफ्ना जनताको निकै निगरानी राख्यो । तब अहिलेसम्म मात्र ४७९ जना संक्रमित भए । एक जनाको पनि ज्यान गएन । तर नेपाल सरकारले बेवास्ता गर्यो । तब यो हाल भयो । 

नेपाल विश्वको ३४ औं स्थानमा पुगिसकेको थियो । सरकारले अनि एक्कासी परीक्षणको दायरा घटायो । निःशुल्क पीसीआर परीक्षण गर्ने कार्य बन्द गर्यो । 

निजी प्रयोगशालामा शुल्क बढायो । वाध्य भएर अधिकांश नेपालीहरु बिरामी हुँदासमेत घरमै उपचार गरेर बसे । जसले गर्दा आँकडा घटेको देखिएको हो । 

यसको उपचार नभएकाले उनीहरु रुघाखोकी लाग्दा होस् वा ज्वरो आउँदा होस् साह्रो–गाह्रो नपर्दासम्म घरमै उपचार गरे । अस्पताल गए सरकारी अस्पतालले समेत धरौटी राख्ने कठोर निर्णय गर्यो । 

विरोध गर्दा सरकारले ‘म गरीव हूँ’ भनेर हात ठडाउन लगायो । काखा पाखा गर्यो । कसैले जतिसुकै खर्च लाग्दा पनि राज्यले उपचार गरिदिने र कसैलाई अस्पताल आउन पनि खवरदारी गरायो । 

अहिले परीक्षणमै कमी आएपछि कोरोना संक्रमित घटेको आँकडा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । तर यो तथ्यांक सही नभएको विज्ञहरुले बताउँदै आइरहेका छन् । 

यसअघि कोरोना लागेर ज्यान गुमाउनेको शव परिवारलाई दिइँदैन थियो । नेपाली सेनाले शव व्यवस्थापनको जिम्मा लिएको थियो । दशैं अगाडि नै सेनाले अहिलेको संख्या भन्दा ६ सय बढीको ज्यान गएको बताएको थियो । 

अहँ सरकारले त्यो तथ्यांक बढाउने भने पनि बढाउन रुची देखाएन । आखिर सरकारले कति अटेरी गरिरहेको छ ? 

जनताको फिटिक्कै वास्ता गरेको छैन । उसले भुटानको हैन कुनै पनि देशको स्थिति पालना गर्न खोजेको छैन । 

जन्मेपछि मर्नैपर्छ भन्ने तीतो सत्य सरकारले जनतालाई बुझाइको छ । डार्बिनको सिद्धान्त पढाएको छ । बाँच्नका लागि संघर्ष गर भनेर डार्बिनले भनेको कुरालाई आफैले संघर्ष गरेर बाँच भनेर केपी शर्मा ओली नेतृत्वको सरकारले भनिरहेको छ । 

ओली सरकारको एउटै कथन झल्किन्छ र अप्रत्यक्ष रुपमा जनतालाई भनिरहेको छ, ‘तिमीहरु बाँच वा मर बाँच्यौ भने बैशाखमा चुनाव छ सत्ता संचालनका लागि भोट हाल ।’

सरकारले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य प्रोटोकललाई कहिल्यै पालना गरेन । त्यसैले जनता मार्यो । आफू र आफू निकटमा ठूला मान्छेलाई मर्न दिएन । जनतालाई अस्पतालमा भर्ना हुन पनि दिएन । 

उपचार गराउन सक्नेहरुले ज्यानका लागि हिम्मत जुटाए । गरीवले मृत्यु कुरे । त्यो भन्दा खतरा थियो –रोगले मर्ने वा भोकले मर्ने । कोही रोगले मरे । कोही भोकले मरे । न भोकले मरेकाको हिसाब सरकारले राखेको छ न रोगले मरेकाको । 

जीवन र परिवार सम्हाल्न नसक्नेले आत्महत्या रोजे । बस् ओली सरकार सत्तासीन छ । अझै अझै । कुनै गल्तीवोध गरेको छैन । ओम्नीमार्फत भएको भ्रष्टाचारको हिसाबकिताब थाँती राखेर रमाइरहेको छ अर्को मौका खोजेर । 



लोकप्रिय समाचार
नयाँ