काठमाडौं । पाकिस्तानी अधिकारकर्मी करिमा बलुच क्यानडाको टोरोन्टोमा मृत फेला परेकी छिन् ।
लामो समयदेखि मावअधिकारविरोधी घटनाहरुको थलोका रुपमा रहिआएको पाकिस्तानको बाल्टिस्तानबाट करिमा सन् २०१५ मा क्यानडा पुगेकी थिइन् ।
क्यानाडामा बसेर करिमाले मानवधिरको रक्षाका लागि काम गर्दै आएकी थिइन् । उनी सन् २०१६ को बीबीसीका १०० प्रेरणादायि महिलाको सूचीमा परेकी थिइन् ।
आइतबार उनी हराएको सुचना आएपछि प्रहरीले उनलाई मृत फेला पारेको पुष्टि गरेको हो । करिमासँगै काम गर्दै आएकी उनकी साथी जोहर बलुचले करिमालाई धम्कीहरु आउँने गरेको बताएकी छन् ।
पछिल्लो समय मात्रै उनलाई क्रिशमसको उपहार दिने र पाठ सिकाउने भन्दै अपरिचत व्याक्तिबाट धम्की आएको जोहरले बतएकी छन् । करिमाको मृत भेटिएको घटनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।