arrow

अविश्वासको प्रस्तावको समयबारे आयो संसद सचिवालयको स्पष्टिकरण

logo
प्रकाशित २०७७ पुष ८ बुधबार
samsad-sachibalaya1.jpg

 काठमाडौं । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको अविश्वासको प्रस्ताव दर्ताको समयबारे स्पष्टिकरण दिएको छ । संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रेस विज्ञप्ति जारी गरेर पुस ५ गते दर्ता गरिएको अविश्वासको प्रस्तावको दर्ता समय दिउँसो ३ः३० बजे भएको उनले स्पष्ट पारेका हुन् । 

अविश्वासको प्रस्ताव सभामुख समक्ष पेश गरी कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा) मा दर्ता हुने प्रचलन रहेको र पुस ५ गतेका दिन पनि सभामुखलाई सम्वोधन गरी विविवत् रुपमा पेश भई सभामुखको तोक आदेश भएपछि सोही दिन दिउँसो ३ः३० बजे कार्यव्यवस्था शाखामा दर्ता भएको पाण्डेले बताएका छन् । 

उक्त दिन भने अविश्वासको प्रस्ताव बिहान १०ः५० बजे दर्ता भएको आएको थियो । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गएका थिए । 

भण्डारीले पनि अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै संसद विघटनको घोषणा गरेकी थिइन् । 

ओली निकट स्रोतका अनुसार नेकपाका ९० सांसदहरुले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर ओलीलाई हटाउने निश्चित भएपछि उनले संसद नै विघटन गरिदिएका हुन् । 

उनको इच्छामा राष्ट्रपतिले साथ दिएकी हुन् । ओली र विद्या दुवैले संविधान बाहिर गएर निर्णय गरेका हुन् । 

निर्दलीय प्रधानमन्त्री भए ओली 



लोकप्रिय समाचार
नयाँ