काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दुई धारमा विभक्त भएको बेला शक्ति संचयको खेलमा दुवै पक्षधर नेताहरु उत्रिएका छन्।
नेकपाभित्रका बौद्धिक र कुशल संगठनका रुपमा चिनिएका प्रदिप नेपाललाई अन्ततः दाहाल-नेपाल पक्षले आफ्नो कित्तामा भित्राएका छन् । यसअघि केपी शर्मा ओलीलाई खुलेर सहयोग गर्दै आएका प्रदिप नेपाल पार्टी विभाजनका बारेमा मौन थिए ।
दुई दिनअघि मात्र सामाजिक संजालमा ‘जनताको बहुदलीय जनवाद मेरो दर्शन हो। म मार्क्सवादी हुँ, म मेरो स्वतन्त्रलाई कसैको अधिन राख्न सक्दिन।’ भनेर आफ्नो धारणा राखेका उनी बुधबार दाहाल-नेपाल पक्षलाई साथ दिन माइन्यूट नै मगाएर हस्ताक्षर गरिसकेको बुझिएको छ ।
नेपाल पुराना र प्रभावशाली कम्युनिस्ट नेता हुन्। भूमिगत माले र एमालेमा उनी कुसल संगठनके रुपमा आफूलाई परिचित गराएका थिए । दाहाल-नेपाल पक्षीय नेकपा केन्द्रीय कमिटीको मंगलबार बसेको बैठकमा ४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय १५ जना उपस्थित थिए ।