काठमाडौं। बबरमहलमा जारी प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर नेकपा अध्यक्ष समेत रहेका दाहाललाई नेता चुन्न लागेको हो।
नयाँ बानेश्वरस्थित संसद भवनमा सो समूहको बैठक बसिरहेको छ। बैठकमा ९० सांसद उपस्थित रहेको दाबी छ। मंगलबार बसेको सो समूहको बहुमत केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउँदै नेपाललाई नयाँ अध्यक्ष चुनेको थियो।
नेकपाको ४ सय ४६ जनाको केन्द्रिय कमिटिमा प्रचण्ड–माधव समूहमा ३ सय १५ सदस्य रहेको उनीहरुको दाबी छ।