arrow

नेकपा संसदीय दलको नेतामा चयन भएपछि प्रचण्डले भने संसद पुर्नस्थापना भएपछि नयाँ सरकार बन्छ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ८ बुधबार
prachanda4.JPG

काठमाडौं । प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको नेकपा संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नयाँ नेता बनाएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी दलको बैठकले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउँदै दाहाललाई नेता बनाएको हो । 

संसदीय दलको नेता चयन भएपछि दाहालले संसद विघटनको निर्णय अवैधानिक रहेको र संसद पुर्नस्थापना गरेर मुलुकमा नयाँ सरकार बनाउने जिकिर गरे । बैठकमा १ सय १५ जना सांसद सहभागी भएको दाहालको दाबी दाबी छ । 

मंगलबार बसेको सो समूहको बहुमत केन्द्रिय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउँदै नेपाललाई नयाँ अध्यक्ष चुनेको थियो । नेकपाको ४ सय ४६ जनाको केन्द्रिय कमिटिमा प्रचण्ड–माधव समूहमा ३ सय १५ सदस्य रहेको उनीहरुको दाबी छ ।



लोकप्रिय समाचार
नयाँ