arrow

केपीलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा, २ सय ८७ केन्द्रीय सदस्यले गरे हस्ताक्षर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ८ बुधबार
Election_commition.jpeg

काठमाडौं । संसद विघटनको घटनापछि अध्यक्षबाट केपी ओलीलाई कारवाही गरी हटाइएको बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहितको पत्र लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेकपाको समूह निर्वाचन आयोग पुगेको छ । केपी ओलीले केन्द्रीय समितिमा सदस्य थप गरी आयोगमा पत्र पठाएको भोलिपल्ट आज बुधबार प्रचण्ड–माधव समूहले पनि ओलीलाई अध्यक्षबाट हटाएको पत्र लिएर आयोग पुगेको हो । 

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगमा पत्र प्राप्त भएको र आयोगले दर्ता गरेको जानकारी दिए । ‘आयोगलाई २ सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहितको पत्र आएको छ, पत्र दर्ता गरियो, थप अध्ययन हुन्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले हाम्राकुरासँग भने । 

पत्रमा ओलीलाई अनुशासन उल्लंघन गरेकाले कारवाही गरिएको र नेपाललाई नयाँ अध्यक्ष बनाइएको भनिएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबारको केन्द्रीय समितिको पत्र आयोगलाई प्राप्त भएको र पत्रमा अध्यक्ष नयाँ बनाइएको बारेको विवरण अद्यावधिक गरिदिन भनिएको बताए । उनले आयोगले कानुन अनुसार अध्ययन गरेर थप निर्णय लिने समेत जानकारी दिए ।
 



लोकप्रिय समाचार
नयाँ