arrow

पालिकाले स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७७ पुष ८ बुधबार
media-intra.jpg

कञ्चनपुर । वैदेशिक रोजगारीबाट फर्किएका मजदुरका लागि स्वदेशमै रोजगारीमा सिर्जना गर्नु पर्नेमा कञ्चनपुरका सञ्चारकर्मीले जोड दिएका छन् । निड्स नेपालले बुधबार महेन्द्रनगरमा कञ्चनपुरका सञ्चारकर्मीसँग सुरक्षित आप्रवास सम्बन्धी सवाल कार्यक्रममा छलफल गर्दै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर स्वदेशमै रोजगारीका अवसर जुटाउनुपर्नेमा जोड दिएका हुन् ।

भारतमा कार्यरत नेपाली मजदुरको सुरक्षाका साथै उनीहरुको वैकल्पिक रोजगारीको व्यवस्था गर्नुपर्नेमा समेत सुझाव दिएका छन । कोडिभका कारण भारतमा रोजगारी गरि फर्किएका नेपाली मजदुरको सुरक्षाका लागि सरकार स्तरबाट रोजगारीका कार्यक्रम सञ्चालनमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले सरकारले स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्न सके नेपालीको भारतीय मोह छुटने बताए । कोरोना कहरका बेला फर्किएका नेपाली फेरी भारतमै रोजगारी गर्न गईरहेको बताउदै अध्यक्ष अवस्थीले भारतप्रतिको रोजगारी मोह हटाउनुपर्ने सुझाएका छन् ।

निड्स नेपाल कञ्चनपुरका सहनिर्देशक प्रकाशचन्द्र मडैले भारतमा कार्यरत नेपाली मजदुरको कहालिलाग्दो अवस्था भएकाले त्यसको निवारणका लागि सरकारी स्तरबाट उचित कदम चाल्नुपर्नेमा जोडदिए । निड्स नेपालले सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम संचालन गरेर भारतमा रोजागारीमा जाने नेपाली मजदुरको बैंकखाता खोल्ने  कार्यक्रम संचालन गर्ने बताएको छ ।

स्वदेशमै रोजगारीका कार्यक्रम सिर्जना भए नेपाली मजदुरले भारत जानुपर्ने बाध्यात्मक अवस्था हट्ने कुरामा सहभागीले जोड दिएका छन् ।



लोकप्रिय समाचार
नयाँ