कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरीले केपी ओली सरकारले संसद विघटन गरेर मुलुकमा अस्थिरता निम्ताएको आरोप लगाए । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमलाई असंवैधानिक एवं लोकतन्त्र विरोधी रहेको उनले बताए । उनले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय भएको बताए ।
ओलीको कदम राजनीतिक परिवर्तनलाई पछाडि धकेल्ने निर्णय भएको उनले बताए । जसपाले बुधबार तौलिहवामा निकालेको विरोध प्रदर्शनलाई प्रशासन कार्यालय अगाडी सम्वोधन गर्दै पूर्वमन्त्री चौधरीले अलोकतान्त्रिक, असंबैधानिक र गैरराजनीति उक्त निर्णय विरुद्ध सडक आन्दोलन चर्काइने चेतावनी दिए ।
केन्द्रीय परिपत्र अनुसार हामी नेपालका ७७ वाटै जिल्लामा बुधबार विरोध र्याली प्रर्दाशन गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताएका छन । तौलिहवाको जमुवार टोल देखि निस्केको र्यालीमा केपीओली मुर्दाबाद, विद्या भण्डारी मुर्दावाद लगायतको नारा लगाएका थिए । जिल्ला प्रशासन कार्यलय अगाडी गएर कोण सभामा परिणत भएको थियो ।
विरोध र्यालीको कोण सभामा बोल्दै महिला नेतृ गिता श्रीवास्तवले अहिलेको सरकारनै नगरिकता लगायत महिलाहरुलाई उत्पिडनमा पारेको बताएका छिन । उनले भनिन केपी ओली र विद्या भण्डारीले देशलाई नै डुबाउना खाजेको अरोप समेत लगाईन ।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपाको केन्द्रीय सदस्य राविदत्त मिश्राले केपी ओली र विद्यादेवी भण्डारी अलोकतान्त्रिक काम गरेको बताए । जुन कुराको संविधानमा व्यावस्था नै छैन त्यस्तो कार्य दण्डानिय भएको छ । बुधबारको हाम्रो विरोध समन्य विरोध मत्रै हो । यदि सच्एिन भने यो भन्दा ठुलो अन्दोलनको अधिँवेरी ल्याउने मिश्राले बताए ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य नारायाण प्रसाद खनालले संबिधान विघटन गर्ने प्रधानमन्त्रीलाई कुनै अधिकार नभएको भन्दै उहाँले आक्रोस पोखे । संबिधानले स्पष्ट दुई तिहाइको सरकारले संबिधान विघटन गर्न नपाउने उल्लेख गरेकाले प्रधानमन्त्रीले संबिधान विरोधी हर्कत गरेको आरोप लगाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका संसदीय दलका नेता सहसराम यादवले जनआन्दोलन र मधेश आन्दोलनसँगै गरेको स्मरण गर्दै उहाँले प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि आन्दोलनबाटै फालिने चेतावनी दिए ।