arrow

थप सात सय त्रिचालीसमा संक्रमण, पाँच जनाको मृत्यु

logo
प्रकाशित २०७७ पुष ८ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५५९ मा कोरोना परीक्षण गर्दा थप ७४३ मा कोरोना पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ ।

साथै  २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ११८ महिला र २०० जना पुरुष रहेका छन्  काठमाडौंमा २५०, भक्तपुरमा ३४ र ललितपुरमा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ९५२ कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४६ हजार ६६१ पुगेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८०३ पुगेको छ । 



लोकप्रिय समाचार
नयाँ