काठमाडौं । तेलुगु फिल्म ‘वाइल्ड डग’को काममा व्यस्त बलिउड अभिनेत्री दिया मिर्जा एक अन्तरवार्ताका कारण यतिबेला निकै चर्चा छिन् ।
‘उनले बलिउडमा पुरुषवादी चरित्रको वर्चश्व रहेको बताएकी छिन् र धेरै पुरुष कलाकारहरु कलिलो उमेरकी अभिनेत्रीसँग काम गर्ने गरेको प्रसंग उल्लेख गरेकी छिन ।
दियाले पलपल इन्डियासँगको कुराकानीमा बलिउडमा बुढा हिरोहरुले जानेर बुझेर नै आफूभन्दा कम उमेरका अभिनेत्रीका साथ काम गर्ने गरेको बताएकी हुन ।
उनले भनेकी छिन् ‘बलिउडमा पुरुषवादी चरित्रको वर्चश्व रहेको छ। बुढा अभिनेताहरु जवान अभिनेत्रीको अपोजिट काम गर्न रुचाउँछन्। अजिव कुरा त यो हो कि ५० भन्दा माथिका बुढा हिरोहरु १९ वर्षका अभिनेत्रीका साथकाम गरिरहेका हुन्छन्।’
बलिउडमा उमेरदार पुरुषहरु फिल्ममा लिड रोलमा देखिए पनि सोही उमेरका महिला कलाकार नदेखएको पनि बताएकी छिन । उनले बलिउड फिल्म क्षेत्रपनि विभेदकारी भएको संकेत गरेकी छिन् । बलिउडमा पुरुष कलाकारका लागि धेरै कहानी भएपनि महिलालाई प्रमुखतामा राखेर निकै कम फिल्म बन्ने दियाको भनाइ छ ।
‘बलिउड फिल्ममा अभिनेत्रीको सुन्दरताको मापन उसको उमेरलाई लिएर गरिन्छ। यही कारण सँगै काम गरेका हिरोइनहरुले लिड रोल पाउन छाडेपनि अभिनेताहरु भने लामो समयसम्म प्रमुख रोलमै खेलिरहेको देखिन्छन्,’दियाको भनाइ छ।