arrow

बादललाई केपीको काख प्यारो हुँदा प्रचण्डसँग सम्बन्ध बिच्छेद, ईश्वरको वरियता फेरि खस्कियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ८ बुधबार
oli-prachanda-badal.jpg

काठमाडौं। सत्तारुढ दल औपचारिक विभाजन भएपछि मौन बस्दै आएका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा वादल मध्ये वादलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने भएका छन् । पुर्नगठित पार्टीको दोस्रो वरियता पाउने भएपछि बादलले ओली पक्षलाई समर्थन गर्न लागेका हुन् । नेकपाका सचिवालय सदस्य रहेका वादलले बुधवार विहान प्रधानमन्त्री ओलीसँग भेटघाट गरेपछि आफ्नो मर्यादाक्रम टुंग्याएका थिए । 

प्रधानमन्त्रीलाई भेटेर आएपछि वादलले अर्का अध्यक्ष  प्रचण्डसँग कुराकानी गरेर अब सँगै जान नसकिने भइयो भन्दै ओलीतिर खुलेको जानकारी गराएका थिए । दाहालतिर लाग्दा पाँचौ वरियतामा परिने तर ओलीतिर लाग्दो दोस्रो वरियता पाउने भएपछि उनी ओलीतिर खुलेका हुन् । ‘वादल अब लेखराज भट्ट , टोपबहादुर रायमाझी लगायतका पूर्व माओवादीहरुको नेता हुनुहुनेछ उहाँको पुरानो गुट भत्किएको छ ओलीतिर आएपछि नयाँ गुट निर्माण भएको छ’, वादल निकट एक नेताले भने । 

बुधबार विहान प्रधानमन्त्री ओलीसँगको भेटमा बादलले अव आफु खुलेर लाग्ने बताएका थिए । विहिबार बस्ने ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा वादल सहभागी हुनेछन् । पूर्वमाओवादीका नेता बादल पार्टी ध्रुवीकरण भएपछि कुनै पक्षको बैठक र भेलामा सहभागी भएका थिएनन् । पूर्व माओवादीभित्र उनको छुट्टै गुट रहेको थियो ।  करिब ३७ जना सदस्य रहेपनि पम्फा भूषाल, देव गुरुङहरु भने प्रचण्डतिर रहेका छन् । 

प्रचण्डकै कोटाबाट गृहमन्त्री बनेपनि पछिल्लो समय बादलले प्रधानमन्त्रीलाई साथ दिदै आएका छन् । प्रचण्डले उनलाई विचमै गृहमन्त्रीबाट हटाउन खोजेपछि विग्रेको सम्बन्ध अहिलेसम्म सुधार हुन सकेको छैन । 

प्रधानमन्त्री ओलीले पार्टीमा उनलाई दोस्रो वरियताको नेता बनाउने गरी सहमती गरेपछि उनले आफू निकट नेताहरुलाई ओलीतिर जाने बताइसकेका छन् ।वादलसँग लुम्बिनी प्रदेशका गृहमन्त्री कुलबहादुर केसी सोनाम पनि ओलीतिरै लाग्ने भएका छन् । वादलनिकट रहेका केही नेताहरु अलमलमै रहेका छन् । महेश्वर दाहाल भने अझै अलमलमै रहेका छन् । सूर्य सुवेदीले कुनै निर्णय गरेका छैनन । पछिल्लो समय बादलसँग पुर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा रहेका छन् । उनिहरु यसअघि नै प्रधानमन्त्रीको समुहमा लागिसकेका छन । लेखनाथ न्यौपानेले भने आफू ओलीसँग जान नसक्ने बताइसकेका छन् । सत्ता सुखमा रहँदा रहंदा बादललाई ओलीको काख प्यारो भएको प्रचण्ड निकट एक नेताले बताए।

ओलीले दोस्रो वरियता वादललाई दिने भएपछि ईश्वर पोखरेलको वरियता भने खोसिने भएको छ । सचिवालय बैठकमा आठौ वरियतामा रहेका थापा अब पोखरेलभन्दा माथि हुने भएका छन् । पोखरेल सातौ वरियतामा थिए । दुई पार्टी एकिकरण हुँदा महासचिव खोसिएका पोखरेलको ओलीतिर वादल आउदा पोखरेलको वरियता तेस्रोमा पुग्ने भएको छ ।



लोकप्रिय समाचार
नयाँ