काठमाडौं। सन् २०१९ को अगस्ट ५ मा मोदी सरकारले जम्मु कश्मिरमाथिको विशेष धारा ३७० खारेजी गरेपछि पहिलो पटक भएको चुनावमा भारतीय जनता पार्टी (बीजेपी)सबैभन्दा बढी मत सिटमा जीत हातपार्ने पार्टी बनेको छ । बीजेपी एक्लैले ७५ सिट हात पारेको छ। कांग्रेस आईले २६ सिट हात पारेको छ। त्यस्तै ७ वटा जम्मुकश्मिर आधारित दलहरुको समुह द गुपकार एलाईन्सले संयुक्तरुपमा ११० सिट हात पारेको छ।
जम्मु प्रदेशमा बीजेपीले ७२ सिट हात पारेको छ। ६ जिल्लामा बीजेपीले एक्लौटी जित हात पारेको छ। त्यस्तै कांग्रेसले ४ जिल्लामा जित निकाल्दै ४५ सिट हात पारेको छ। कश्मिरमा गुपकार एलाईन्सले ७२ सिट हात पारेको छ । बीजेपीले ३ सिट हात पारेको छ। जम्मुकश्मिरमा समग्रमा बीजेपीले लिड गरेको छ अर्थात बीजीपी एक्लैले मात्रै ७५ सिट हात पारेको हो। यसबाट मोदी सरकारले गरेको धारा ३७० को खारेजीलाई जम्मुकश्मिरका नागरिकहरुले समर्थन गरेको स्पष्ट देखिन्छ।
बीजेपीविरुद्ध अझ विशेष किसिमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विभिन्न प्रतिपक्षी दलहरुले जम्मुकश्मिरका मामिलामा अनेकथरी आलोचना गर्दै आइरहेका थिए। अझैं भन्नुपर्दा पाकिस्तानबाट समेत मोदी सरकारविरुद्ध यसविषयमा आलोचना हुँदै आएको थियो । तर, वास्तवमा मोदीले गरेको कुरालाई जम्मुकश्मिरका जनताले समर्थन गरेको चुनावी नतिजाले देखाएको छ।