काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएइमा हुने अबुधाबी टी–१० लिग खेल्ने भएका छन् । १० ओभरको फ्रेन्चाइज लिगमा पहिलो पटक सोमपाल कामी, करण केसी र कुशल मल्लले खेल्न लागेका हुन् ।
बुधबार भएको ड्राफ्ट अनुसार तीनै जना खेलाडीलाई टी–१० का टिमले अनुबन्धन गरेका हुन् । सोमपाललाई मराठा अरेबियन्सले, करणलाई पुने डेभिल्सले र कुशललाई अबुधाबीले अनुबन्धन गरेको हो ।
सोमपालले यसअघिसमेत विदेशी फ्रेन्चाइज टिममा सहभागी बनिसकेका छन् । करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा अनुबन्धन भएका हुन् ।
अबुधाबीमा जनवरी २८ देखि आयोजना हुने उक्त लिगमा ८ टिम सहभागी हुँदैछन् ।