काठमाडौं । नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना निकटस्त मानिने पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर केपी ओली क्याम्प रोजेपनि बादल निकटकाहरु भने दाहाल-नेपाल क्याम्पमै रहने संकेत दिएका छन् ।
बाहिर सार्वजनिक नगरेपनि बादलले ओलीलाई नै साथ दिने बताएपछि उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले सति जान नसक्ने प्रतिक्रिया दिएका छन् ।
बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन-‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाइँको प्रगति होस् ।’
बादल निकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आफूले पनि दाहाल-नेपाल समूहकै बैठकमा सामेल हुने बताइसकेका छन् ।
बादलनिकट नै मानिने स्थायी कमिटी सदस्यहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल सुरुदेखिनै दाहाल-नेपाल समूहका बैठकमा सामेल हुँदै आइरहेका छन् ।