arrow

असंवैधानिक कदमले देश दुर्घटनामा – बलायर  

logo
प्रकाश बम, 
प्रकाशित २०७७ पुष ९ बिहिबार
bir-bahadur-balayar1.jpg

डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वीरबहादुर बलायरले दुई तिहाईको कम्युनिष्ट सरकारको असंवैधानिक कदमले मुलुकलाई दुर्घटनातिर लगेको बताएका छन् । शिखर नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रमका क्रममा उनले सो कुरा बताएका हुन् । 

हातमा बहुतको सरकार हुँदा हुँदै संसद विघटन गरेर देशलाई अन्यौलतातिर धकेलेको बताउँदै केन्द्रीय सदस्य बलायरले भने, ‘प्रधानमन्त्री ओलीको ईशारामा राष्ट्रपति विद्यादेवी भण्डारी चलेका कारण देश अस्थिरतामा धकेलियो ।’ उनले नेपाली काँग्रेसले अदालतमा विचाराधीन रहेको मुद्दालाई आत्मसाथ गर्दै अब आउने परिस्थितिलाई गम्भिरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने बताए ।  

अबको निर्वाचनलाई आत्मसाथ गर्दै कांग्रेसजनले हातेमालो गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई छ । केन्द्रीय सदस्य  बलायरले भने, ‘पछिल्लो बदलिँदो राजनीतिक परिस्थितिका बारेमा कांग्रेसका नेताले व्यक्तिगत रुपमा दिइरहेको अभिव्यक्ति आपत्ति जनक छ ।’ पार्टीको आधिकारिक धारणा बाहेक कांग्रेसका नेताले व्यक्तिगत रुपमा दिइरहेका अभिव्यक्तिको कुनै अर्थ नलाग्ने बताउँदै बलायरले भने ‘नेपाली कांग्रेस ऐतिहासिक जिम्मेवार पार्टी रहेको र कांग्रेसका हरेक नेताले अहिलेको अवस्थालाई जिम्मेवार तवरले प्रस्तुत गर्नुपर्छ ।’



लोकप्रिय समाचार
नयाँ