काठमाडौं । केपी शर्मा ओली पक्षीय नेकपाको बालुवाटारमा बसिरहेको केन्द्रिय समिति बैठकमा नेता रामबहादुर थापा सहभागी भएका छन ।
संसद विघटनपछि पार्टी विभाजनको श्रृंखलामा कतै नखुलेका बादल अध्यक्ष ओली पछिको बरियतामा पर्ने पक्का भएपछि खुलेका हुन । उनी वर्तमान सरकारका गृहमन्त्री समेत हुन ।
उनको सचिवालयले भने निकटका नेताहरुलाई बुधबार नै ओली पक्षको बैठकमा जाने पक्का भएको सुनाएका थिए । ओली पक्षले बादललाई दोस्रो बरियता दिने बताएको छ । बादल निकट मानिएका नेता देब गुरुङ र नेतृ पम्फा भुषालले भने उनलाई छाडिसकेका छन ।