arrow

जनकपुरको सबैभन्दा भिड हुने डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष ९ बिहिबार
mithila.jpg

जनकपुर । जनकपुरधामको सबैभन्दा बढी भिडभाड रहने शिबचोकमा रहेको मिथिला डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको वरुणयन्त्र बिग्रेका कारणले अर्को नगरपालिकाबाट वरुणयन्त्र ल्याएर आगो नियन्त्रणमा लिइएको छ ।  हरिकान्त मिश्रको सो डिपार्टमेन्ट स्टोरमा विद्युत सट भएर भीषण आगलागी हुँदा करिब २ करोड ५० लाखका क्षती भएको छ ।

क्षिलेश्वरनाथ नगरपालिका , धनुषाधाम नगरपालिका ,जनकपुर एयरपोर्ट ,महोत्तरीको जलेश्वर र बर्दिवास नगरपालिकाबाट गरेर ५ वटा वरुणयन्त्रको मद्दतले करिब साढे तीन घन्टापछि आगो नियन्त्रणमा आएको हो ।

मेयरको लागि जनकपुरधाममा करोडौँको गाडीको व्यवस्था गरेपनि अति आवश्यक वस्तुलाई वेवास्ता नगरेकाले समयमै आगो निभाउन नसकिएको स्थानीयले गुनासो गरेका छन् ।  जनकपुरधाम उपमहानगरपालिकामा रहेको दुवै वारुणयन्त्र बिग्रेको अवस्थामा रहेकोले अन्य स्थानबाट बरुणयन्त्र ल्याउनु परेको स्थानीयहरुले दुखेसो पोखेका छन् ।

आगो निभाउनको लागि वारुणयन्त्र सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटेको थियो । आगलगीबाट इलेक्ट्रोनिक समान , फेन्सी मेकपको समानहरु, रेडिमेड कपडाहरु र भवन पनि काम नलाग्ने गरि क्षती भएको जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र कुमार महासेठले बताए ।



लोकप्रिय समाचार
नयाँ