काठमाडौं। बेलायतमा ७० प्रतिशत बढी संक्रामक कोरोना भाइरसको भेरियन्ट भेटिएको केहीसातामै फेरि अर्को भेरियन्ट फेला परेको छ ।पृथ्वीमा रहेका सम्पूर्ण जिवहरुमा निरन्तर केही न केही परिवर्तन भइरहन्छ । यसलाई नै म्युटेसन भनिन्छ ।भाइरसहरु पनि निरन्तर आफ्नो स्वरुप परिवतर्न गर्दै जान्छन् ।
यसक्रममा भाइरस थप शक्तिशाली वा कमजोर हुने गर्छन् । यो प्रकृयालाई नै ‘भाइरस म्युटेसन’ भनिन्छ ।बेलायतमा उत्तर अफ्रिकाबाट आएका २ जनामा यसरी नै स्वरुप परिवर्तन भएको कोरोना भाइरसको फेला परेको हो ।
उत्तर अफ्रिका, बेलायतमा मात्रै हैन् अहिले विश्वभरका देशहरुले भाइरसको भेरियन्ट पत्ता लगाउँन निरन्तर ‘होल जिनोम सिक्वैन्सिंग’ गरिहेका छन् ।
नेपाल पनि तयार
यसबीच नेपालको सन्दर्भमा पनि भाइरसको जिनोम सिक्वैन्सिंग गर्नु जरुरी देखिन्छ । बढी संक्रामक भेरियन्ट पाइयो भने समयमै संक्रमण न्युनिकरण गर्ने उपायँ अपनाउँन सकिन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले नेपालमा पनि भाइरसको ‘होल जिनोम सिक्वैन्सिंग’ गर्ने तयारी भइरहेको बताएका छन् ।
‘विदेशबाट आएकामध्ये कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएका व्याक्तिको सो नमुना संकलन गरेर भाइरसको होल जिनोम सिक्वैन्सिंग गर्ने तयारी भइरहेको छ’, उनले भने ।
नमुना संकल गरेपछि स्वास्थ्य मन्त्रालयको अनुमतिमा नेपालमै जिनोम सिक्वैन्सिंग हुनेछ । त्यसबाट नेपालमा भाइरसको नयाँ भेरियन्ट छ कि छैन् ? भनेर थाहा हुनेछ ।
अबको १५ दिनसम्ममा जिनोम सिक्वैन्सिंगको नतिजा आइसक्ने डा. ज्ञवालीले बताएका छन् । यदि नेपालमा पनि शक्तिशाली किसिमको भाइरस देखियो भने सुरक्षाका मापदण्ड कडा गर्नुपर्ने स्थिती आउँन सक्छ ।
बेलायत चिन्तित
यसअघि पूर्वी बेलायतमा कोरोना भाइरसको ७० प्रतिशत बढी संक्रामक नयाँ भेरियन्ट फेला परेको थियो ।
बेलायतका स्वास्थ्य सचिव म्याट ह्यान्ककले ‘उत्तर अफ्रिकाबाट आएका दुई व्याक्तिमा देखिएको भाइरसको नयाँ भेरियन्ट अझैं ठूलो चिन्ताको विषय’ बनेको बताएका छन् ।
यो भाइरसले, बेलायतमा देखिएको ७० प्रतिशत बढी संक्रामक भाइरसभन्दा पनि बढी पटक स्वरुप परिवतर्न गरेको देखिएको छ ।
उत्तर अफ्रिकी स्वास्थ्य विभागले गत हप्ता, कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको कुरा सार्वजनीक गरेको थियो । पछिल्लो समय बढी संक्रमण फैलिनुको कारण नयाँ भेरियन्ट रहेको विभागले बताएको थियो ।
त्यसअनुसार बेलायतले पनि उत्तर अफ्रिकाबाट आएकाहरुको नमुना परीक्षण गरेको थियो ।
अहिले, बेलायतमा दुई नयाँ बढी संक्रामक भेरियन्ट फेलापरेसँगै सुरक्षाका उपाँयहरु र लकडाउन अझैं कडा पारिएको छ ।
भाइरसको स्वरुप किन महत्वपूर्ण छ ?
‘होल जिनोम सिक्वैन्सिंग’का माध्यमबाट भाइरसको स्वरुप र क्षमता कस्तो छ ? भन्ने कुरा थाहा पाउँन सकिन्छ ।
यदि स्वरुप परिवर्तन गरेको भाइरस झनै शक्तिशाली भयो भने, यसले संक्रमणदर र मृत्युदर झनैं बढाउँन सक्छ ।
इतिहास हेर्ने हो भने, सन् १९१८मा सुरु भएको ‘स्पेनिस फ्लु’ माहामारीमा केही यस्तो देखिन्छ ।
५० करोड मानिस संक्रमित भएर करिब १० करोडले ज्यान गुमाएको यो माहामारी मार्चमा सुरु भएको थियो । तर अगस्तबाट माहामारीको दोस्रो लहर चलेको थियो ।
पहिलो लहरमा यो भाइरसको मृत्युदर निकै नै कम थियो । तर, दोस्रो लहरमा भने करोडौं मानिसले ज्यान गुमाएका थिए ।
ज्यान गुमाउँनेमा २० देखि ४० वर्ष उमेर समुहका मानिसहरु बढी थिए ।
दोस्रो लहरमा बढी मानिसले ज्यान गुमाउँनुको कारण भाइरसको स्वरुप परिवर्तन भएको वैज्ञानिक एवं अनुसन्धानकर्ताहरुको दाबी छ ।
यसकारण, भाइरसको स्वरुप थाहा पाउँन सकियो भने सुरक्षाका उपायँहरु कडाइका साथ लागु गरेर संक्रमणदर र मृत्युदर घटाउँन सकिन्छ ।
अर्को महत्वपूर्णकुरा भनेको खोपको क्षमतालाई पनि यसले ठूलो असर पार्छ ।
कोरोना भाइरसविरुद्ध निर्मीत फाइजरको खोपले भाइरसको बाहिरि सतहमा रहेको काँडाजस्तोदेखिने ‘स्पाइक प्रोटिन’विरुद्ध एन्टिबडी तयार पारेर भाइरसलाई निश्क्रिय पार्ने काम गर्छ ।
यदिअब, भाइरसको स्वरुप फेरिने क्रममा सोही स्पाइक प्रोटिन पनि फेरियो भने खोपले काम नगर्ने सम्भावना बढ्छ ।
फाइजरको सहकार्य कम्पनी बायोएनटेकका सीईओ उगुर सहिनले बेलायतमा देखिएको भाइरसको नयाँ स्वरुपविरुद्ध खोपले काम गर्न सक्ने देखिएको बताएका छन् ।
उक्त नयाँ भाइरसको भेरियन्टमा पनि खोप परीक्षण भइरहेको छ । यदि खोपले काम गरेन भने खोपमा पनि फेर बदल गर्नुपर्नेछ । त्यसका लागि कम्तिमा ७ हप्ता लाग्ने उनले बताएका छन् ।
पछिल्ला दिनमा बेलायतमा दैनिक कोरोना संक्रमितको संख्या झण्डैं दोब्बर पुगेको छ । संक्रमतिमध्ये ६० प्रतिशतमा नयाँ भेरियन्ट देखिएको छ ।