काठमाडौं। प्रचण्ड-माधव नेपाल र केपी ओली दुई खेमामा विभाजित नेकपामा अब पार्टीलाई कानुनी रुपमा कस्ले कब्जामा लिने खेल शुरु भएको छ । यसका लागि आफ्नो पक्षमा बहुमत जुटाउनेमा दुबै खेमा लागेपनि प्रधानमन्त्री तथा एक खेमाका अध्यक्ष केपी ओलीलाई भने सदस्यहरुले निराश पारेका छन् । प्रचण्डका निकट मानिएका राम बहादुर थापा वादल आएर ओलीले केहि राहत अनुभव गरेपनि उनीसँग जोडिएका मानिएका सबै उनीसँग नआएपछि ओली खेमा खासै उत्साहित हुने अवस्था रहेन।
ओली खेमामा खुलेका भनिएका केन्द्रीय सदस्यहरु पनि एकपछि अर्को गर्दै प्रचण्ड-नेपाल खेमामा जान थालेपछि अरुलाई रोक्न वालुवाटारले आफ्नो संयन्त्र व्यापक परिचालन गरेको बताइएको छ । आफूहरुलाई सल्लाह समेत नगरि ओली खेमाले महाधिवेशन आयोजक समितिमा राखेको भन्दै कतिपयले वक्तव्य निकाली असहमति जनाएका छन् । उनीहरुले प्रचण्ड-नेपाल समूहप्रति आफ्नो झुकाव देखाएका छन्।
अहिलेसम्म ओलीले बनाएका २१ जना महाधिवेशन आयोजक समितिका सदस्यहरुले ओलीको मनोनयन अस्विकार गरेका छन्। यसरी अस्विकार गर्नेहरु यसप्रकार रहेका छन्ः
१ डम्बरध्वज तुम्बाहाम्फे -ताप्लेजुङ
२ गोपाल बुढाथोकी-झापा
३ जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री
४ सुन्दर विक -नेकपा बारा जिल्ला सचिव
५ कमलेश झा–नेकपा प्रदेश २ सदस्य
६ भगवती भण्डारी–लुम्बिनी प्रदेश सदस्य
७ वृहस्पति अधिकारी-नवलपरासी
८ जागेश्वरीदेवी चौधरी-तिलोत्तमा नगरपालिका उपप्रमुख
९ अमरबहादुर डाँगी-प्रदेशसभा सदस्य
१० टीकाराम खड्का-दाङ, अध्यक्ष
११ नेत्र पन्थी-रुपन्देही
१२ नन्दकिशोर ढकाल-रुपन्देही
१३ देवी बस्याल-पाल्पा
१४ अशोक शाही
१५ कमल श्रेष्ठ-पाल्पा
१६ यज्ञ बोगटी-अछाम
१७ कल्याणी चौधरी-बारा, प्रदेश सदस्य
१८ भैरे कामी -अछाम
१९ राम दंगाल–सचिव जिल्ला कमिटि खोटांग
२० गगन विष्ट–गुल्मी
२१ उषाकला राई