रुपन्देही । संघीयताको विषयमा विगतदेखि विरोध गर्दै आएको पार्टी राष्ट्रिय जनमोर्चा अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक खिचानातीले देशको अवस्था कमजोर वनेको भन्दै पुन.विरोध जनाउन थालेको छ । कहिले दक्षिणपंथी त कहिले उत्तरधारी वाह्य शक्तिको ईसारा चल्ने नेपालको राजनीतिक घटनाले देशको स्थिती कमजोर र भूमरीमा फस्न थालेको उक्त पार्टीको ठम्याई छ ।
देशमा रहेका तत्कालिन एमाले पार्टी र नेकपा माओवादी केन्द्र विच पार्टी एकिकरण गरेको करिव ९ महिना नवित्दै टुट,फूटले वर्तमान परिस्थितीमा देश निकै जटिल अवस्थामा आईपुगेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको सर्वोच्च अदालतले निकास दिनुपर्ने बताएका छन् ।
साथै उनले अब संसद पुर्नस्थापनाको विकल्प नभएको समेत जिकिर गरेका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार (आज) बुटवलमा आयोजनामा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व–उपप्रधानमन्त्री समेत रहेका केसीले नेकपा भित्रको गुट–उपगुटको विवादका कारण प्रधानमन्त्री ओलीले संविधान विपरिप संसद भंग गरेर ‘कु’ गरेको जनाए ।
अध्यक्ष केसीले आफ्नो घरको झगडामा जनमतको अपमान हुनेगरी संसद् विघटन गर्ने अधिकार कसैलाई नभएको पनि वताए । उनले कट्दिदै भने, अदालतको निर्णयले अब संसद पुर्नस्थापना गर्नुपर्छ र हुनुपर्छ । कोरोना भाईरसले अर्थतन्त्र कमजोर भएको बेला निर्वाचनको नाममा राज्यको अर्बौ रकम स्वाहा गर्ने र अवसरवादी एंव दलालहरुलाई अवसर दिने कामले देशको स्थिती र नेपालको राजनिति धरासय वन्ने ठोकुवा गर्दै, संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतले आदेश दिनुपर्ने जनाउँदै, मुलुकलाई दुर्घटना बाट जोगाउनुको विकल्प नभएको उल्लेख गरेका छन् ।
उनले थपे, संघीयताको विषय मान्न प्रधानमन्त्री ओली कहिल्यै पनि तयार नभएको भन्दै, अध्यक्ष केसीले यसैवेला संघीयता खारेज गर्नुको विकल्प नभएको तर्क गर्दै, स्थानीय तहलाई बलियो बनाएर, प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने धारणा राखे ।