arrow

पक्राउ पूर्जी जारी भएपछि बक्यौता रकम भुक्तानी गर्न सुरु

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
sugar-mill.PNG

सर्लाही । सर्लाहीको धनकौल पश्चिममा रहेको अन्नपूर्ण चिनी उद्योगले उखु किसानको भुक्तानी दिन सुरु गरेको छ । तीन-चार वर्षअघि नै खरिद गरेको उखुको भुक्तानी नदिएको उद्योगले आइतवारबाट किसानको खातामा पैसा पठाउन थालेको हो ।

उद्योगले आइतवार बाट किसानको खातामा पैसा पठाउन थालेको छ । यस बिचमा बरिब चार करोड रकम पठाएको विवरण जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

मालिक राकेश अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उद्योगले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको हो । सीडीओ पौडेलका अनुसार अन्नपूर्णले बक्यौताबारे पूर्ण विवरण दिन सकेको छैन् । उद्योगले किसानलाई १७ करोडको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको बताइन्छ ।

जिल्लामा पटक–पटक आन्दोलन गर्दा उद्योगलाई उखु बेचेको चार वर्षसम्म पनि भुक्तानी नपाएपछि अहिले यहाँका उखु किसानहरुले काठमाण्डौं गएर माईतीघर मण्डलामा दिनहुँ प्रदर्शन गरिरहेका छन् । यस वर्ष उखु काट्ने बेला भइसकेपनि गत वर्षहरुकै पैसा नपाएपछि किसान आन्दोलनका लागि काठमाण्डौं पुगेका हुन् ।

सर्लाहीमा तीनवटा चिनी उद्योग छन् । तीमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आएका छन् । इन्दुशङ्करले ५ गतेबाट र महालक्ष्मीले ६ गतेबाट उखु पेल्न सुरु गरेका हुन् ।



लोकप्रिय समाचार
नयाँ