arrow

नेपालमा कति पुगे संक्रमित ?

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको सङ्ख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहिबार संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष रहेका छन् ।

साथै  २४ घण्टामा काठमाडौं उपत्यकामा थप २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा १०० महिला र १४४ जना पुरुष रहेका छन्  काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७३९ कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४७ हजार ४०० पुगेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८०८ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ