arrow

अमेरिकाका लागि नवनियुक्त राजदूत डा.खतिवडाले शपथ लिए

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
dr.khatiwoda_.jpg

काठमाडौं । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका  छन् ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष डा. खतिवडाले शपथ लिएका  हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित उच्चपदस्थ सरकारी अधिकारीहरु पनि उपस्थित थिए  ।

पूर्व अर्थमन्त्री समेत रहेका खतिवडालाई सरकारले गत महिना राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइपछि उनको नियुक्ति गरिएको हो ।

योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरसमेत रहेका खतिवडा अब छिट्टै अमेरिका जाने बताइएको छ ।

अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ नेपालले अनुमोदन गर्न ढिलाइ भइरहेका बेला खतिवडा राजदूतका रुपमा अमेरिका जाँदै छन् । उनी अर्थमन्त्री हुँदासमेत विवाद नसुल्झिएपछि सरकारले संसदमा अनुमोदन गराउन सकेको छैन । खतिवडा एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा रहेका छन् ।

तर, संसदीय सुनुवाइका क्रममा भने उनले त्यो संसदको विषय भएको भन्दै संसद र सरकारले निर्देशन दिए मात्रै आफूले कार्यान्वयन गर्ने बताएका थिए ।    



लोकप्रिय समाचार
नयाँ