काठमाडौं । बलिउड अभिनेत्री करिना कपुर खानले आफ्नो पहिलो किताब ‘प्रेग्नेन्सी बाइबल’ बजारमा ल्याउने तयारी गरेकी छिन् ।
आफ्नो छोरा तैमुर अली खानको चौथो जन्मदिनको अवसरमा उनले किताब आउन लागेको जानकारी भारतीय संचारमाध्यमहरुलाई दिएकी हुन ।
अभिनेता सेफ अलिखानसँग विवाह गरेकी करिनाले सन् २०१६ मा छोरा तैमुरलाई जन्मदिएकी थिइन्।
करिनाको उक्त किताबले गर्भवती महिलाका लागि गाइडका रुपमा काम गर्नेछ। उक्त किताब आउँदो वर्ष सार्वजनिक हुने करिनाले बताएकी छिन्।
हाल गर्भवती रहेकी करिना गर्भावस्थामा पनि अमिर खानको आगामी फिल्म लालसिंह चढ्ढाको काममा व्यस्त छिन्।
उनले किताबका बारे भनेकी छन्– ‘आमा बन्न लागेका सम्पूर्ण महिलाका लागि मेरो किताब उपयोगी हुनेछ। म उक्त किताबमा मर्निङ सिकनेसदेखि डाइट तथा फिटनेसका बारेमा कुरा गर्नेछु। सन् २०२१ मा उक्त किताब प्रकाशित हुनेछ।’