arrow

ओलीले बनाउन लागेका सात मन्त्रीमा तीनजना पूर्व माओवादीबाट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ९ बिहिबार
oli-nation-address.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका सात मन्त्रालयमा पूर्व एमाले र पूर्व माओवादीका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। नेकपा विभाजनपछि ७ जना मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा केही दिनमै मन्त्री बनाउने तयारी गरेका हुन्।

सरकारले संसद विघटन गर्ने निर्णय गरेको विरोधमा ७ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रि थप्ने तयारी भइरहेकोबारे विहिबारको केन्द्रीय कमिटी बैठकमा जानकारी गराइएको थियो। ओली समूहको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले छिटै मन्त्रिपरिषदमा मन्त्रीहरु थप्ने निर्णय गरेको छ। सो निर्णयपछि प्रधानमन्त्री तथा नेकपा (ओली) का अध्यक्ष केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको बालुवाटार स्रोतले बताएको छ। हाल पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा मन्त्रालय, वन मन्त्रालय, कृषि मन्त्रालय र शिक्षा मन्त्रालय रिक्त छन्।

पूर्व माओवादीबाट प्रबु शाह, टोपबहादुर रायमाझी, मणी थापा मन्त्री बन्ने संभावना रहेको छ। उनीहरुलाई कृषि, श्रम र उर्जा मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। त्यस्तै पूर्व एमालेबाट भने को को मन्त्री बन्ने भन्ने बारेमा केही बताइएको छैन।

यसअघि ओली समूहभित्रै असन्तुष्ट रहेका नेताहरुलाई मन्त्री दिएर फकाउने तयारी गरेको स्रोतको दावी छ। ओली समूहले सकेसम्म पूर्व माओवादीका केही नेताहरुलाई आफ्नो समूहमा तान्ने प्रयास गर्दै एकाध मन्त्रालय खाली राख्न सक्ने पनि स्रोतको दावी छ। ‘गृहमन्त्री तथा अन्य नेताहरु मार्फत पूर्व माओवादीका नेताहरुसँग कुराकानी भैरहेको छ उहाँहरु आउने संभावना पनि रहेको छ त्यसकारण एकाध मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुनपनि सक्छ’, वालुवाटार निकट स्रोतले भन्यो।



लोकप्रिय समाचार
नयाँ