खलंगा । जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले मसाल जुलुससहित प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।
ओलीको सिफारिसमा भण्डारीले गरेको संसद विघटन संबैधानिक कदम चालेको भन्दै अनेरास्ववियुले सिटिजन बैंकबाट निकालिएको मसाल जुलुस ठाँटीमा बिरोध सभा गर्दै पुत्ला दहन गरेको हो ।
अनेरास्ववियूको केन्द्रीय विरोध कार्यक्रमअनुसार देशव्यापी रुपमा मसाल जुलुस गर्नुका साथै पुत्ला दहन गरिएको संयोजक प्रदिप खड्काले बताए ।
उनका अनुसार अनेरास्ववियुले ,आर्यघाटले के भन्छ–केपी ओली ले भन्छ, पार्टी एकता–जिन्दावाद, पार्टी फुटाउन–पाईदैन, राष्ट्रघाती ओली, विद्या –चाहिदैन जस्ता नारा लगाई असंबैधानिक कलमलाई–खारेज गर भन्दै प्रदर्शन गरेको हो ।