काठमाडौं प्रचण्ड–माधव समूहको निर्वाचन आयोग तर्फ हस्ताक्षर बुझाउन अघि बढेको केन्द्रिय सदस्यहरुलाई प्रहरीले जमलमा रोकेको छ ।
प्रहरीको टोलीले निषेधित क्षेत्र भन्दै आयोग तर्फ अघि बढेको टोलीलाई जमलमा रोकेको हो ।
सरकारले जमल देखि केशरमहलसम्म निषेधित क्षेत्र तोकेको छ । तर केन्द्रिय सदस्यहरु भने हस्ताक्षर बुझाउन जानलागेकाले जान दिनु पर्ने अडान लिंदै आइरहेका छन ।
सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले त्यहाँ माइकिङ गर्दै केन्द्रिय सदस्यहरुलाई रोकिरहेको छ ।